आजको भाउ : सुन तोलाको ९५ हजार, चाँदी ११९५

नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावल सुन तोलाको ९५ हजार तोकेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको ११ सय ९५ कायम भएको छ । गत शुक्रबार तोलाको ११ सय ८० रुपैयाँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation