पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्। पछिल्लो समय नेपाल कम्युनिष्ट पाटी (नेकपा) फुटको नजिक छ भनी टिकाटिप्पणीहरु बाहिरिरहेका बेला पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’
व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।
पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेलले एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहको आवद्धताका आधारमा समिकरण बनाएर पार्टी भित्र खेल्न खोजिएको आरोप समेत लगाएका छन्। नेताहरुले पार्टीभित्र खेल्न खोज्दा पार्टी विभाजनको नजिक पुगेको उनको तर्क छ।
उनले पार्टीको यस्तो दुर्भाग्य निम्ताउने गुट तथा नेताहरुलाई चिनेर खबरदारी गर्दै व्यक्तिगत स्वार्थका कारण पार्टी र जनता प्रति घात गर्नेहरुको विरोध गर्दै पार्टी एकतालाई बचाउन पनि आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation