अफगानिस्तानको कान्दहार प्रान्तमा १७५ विद्रोहीको मृत्यु भएको छ । झडपमा केही तालिबान विद्रोहीका कमान्डरसमेत मारिएको जनाइएको छ ।
अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय स्रोतकाअनुसार १७५ जनाको मृत्यु भएको छ भने अरु २६ जना घाइते भएका छन् ।
यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिबान लडाकुबीच बारम्बार झडप हुने गरेको छ ।