अर्घाखाँचीमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमीतको संख्या ५९७ पुग्यो

अर्घाखाँची जिल्लामा मंगलबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमित हुनेमा स्वास्थ्य कर्मी सहित २५ जना कोरोना संक्रमित पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेश राज पौडेलले जानकारी दिनु भएको छ।
कार्तिक १६ गते आइतबारको दिन ५५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि भैरहवा प्रयोगशालामा पठाईएको थियो। उक्त स्वाब परिक्षणको आज भएको प्राप्त रिपोर्ट अनुसार ५५ जना मध्ये २५ जनाको कोरोना पोजेटिभ आएको र ३० जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation