भारतीय टेलिभिजन पत्रकार अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ । रिपब्लिक टेलिभिजनका मालिक एवम् प्रधान सम्पादक समेत रहेका पत्रकारगोस्वामीलाई अदालतले न्यायिक हिरासतमा पठाईएको हो ।आत्महत्या दुरुत्साहनको मुद्दामा बुधवार प्रहरीले गोस्वामीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो।
सन् २०१८ मा ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्भय नायक र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोपलाई अर्नबविरुद्ध मुद्दा दायर गरिएको थियो।