अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम आउँदै गर्दा देशका विधिन्न भागमा हिंसाका घटनाहरू भइरहेका छन् । बिहीवार म्यानह्याटनमा प्रदर्शनकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र न्युयोर्क शहरका प्रहरीप्रति घृणा व्यक्त गर्दै जुलुस निकाले ।
विरोध प्रदर्शनका भिडियोमा न्युयोर्कवासीहरूले ‘हामी स्वतन्त्रता रोज्छौं’ भनी नारा लगाएका थिए । देशका अन्य भागमा मानिसहरू सडकमा निस्केर कि भोट गनिरहन कि भोट गन्नबाट रोक्न माग गरिरहेका छन् ।
बिहीवार लोवर म्यानह्याटनमा प्रदर्शन गर्ने १० जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरी विभागका एक प्रवक्ताले बताए । एकजना प्रदर्शनकारीले एक प्रहरी अधिकारीलाई बोन्ड स्ट्रीट नजिक चेनले घाँटी बेरेर मार्न खोजेको प्रहरी विभागले ट्विटरमा दाबी गरेको छ । ‘आरोपितलाई पक्राउ गरिएको छ र उसविरुद्ध आक्रमण, हतियारको आपराधिक स्वामित्व तथा घाँटी थिचेर मार्ने प्रयासको अभियोग दायर गरिनेछ,’ एनवाईपीडी न्युजले लेख्यो ।
म्यानह्याटनमा भएका प्रदर्शनमा विरोधकर्ताहरूले ‘सबै प्रहरी हरामी हुन्’ भनी नारा लगाएका थिए ।