कपिलवस्तु – गहु् खेतीको बिस्तारकालागि यशोधरा गाउपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुका बीउ सहीतका सामाग्री प्रदान गरेको छ ।
पालिको बैदौली स्थित कार्यालयमा गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डेयले बीउ हस्तान्तरण गर्नु भएकाे थियाे । ३२ जना आगुवा कृषकहरुलाइ ४०/४० केजी गँहूको बीउ, जैविक मल ११५/ ११५ केजी, किटनाशक विषादी २/२ बोतल, जिन्क २/ २ केजी र सूचना बोर्ड १ / १ थान प्रदान गरिएको थियो ।
प्राविधिक सहयोग सहित नमुना गँहू खेती प्रदर्शन उद्देश्यले अगुवा कृषकलाई उन्नत जातको गहुको बीउ उपलब्ध गराईएको पालिका प्रमुख पाण्डेयले बताउनु भयाे । ‘ हामीले गहु खेतीको बिस्तारकालागि यो कार्यक्रम गरेका हौ ’ उहाले भन्नु भयाे ।
सो अवसरमा गहु बालीको प्रर्दशन कार्यक्रम समेत गरिएको थियो । यशोधरा गाउँपालिकाका प्रमुख पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष् कन्यावती उपाध्याय, पशुविकास अधिकृत अब्दुल सलाम, कृषि विकास अधिकृत निरन्जन कुमार तिवारी, प्रशासन शाखा प्रमुख श्री रेशम राज शर्मालगायतकाे सहभागीता थियो ।