तौलिहवा– कोरोना महामारी संगै जारी भएको लकडाउनको अवधीमा गरिव तथा बिपन्न परिवारहरुलाई केन्द्रित गरि राहात वितरणको अभियान संचालन गरेको मधेश मानव अधिकार गृहले ति परिवारलाई लक्षित गरी “नयाँ लुगा, न्यानो लुगा” अभियानको सुभारम्भ गरेको छ
तौलिहवा स्थित माहुरीको होमको कार्यालयमा अभियानको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले कपिलवस्तु बाल गृहका २९ बालकलाई जाडोको लुगा खरिद गरे बापत बाल गृह प्रमुखलाई नगद ४० हजारकोे चेक हस्तान्तरण गरेका थिए । स्थानीय व्यापारी, बिभिन्न सहयोगदाताहरुको सहयोगमा संस्थाले कपिलवस्तु र रुपन्देहीको दक्षिण क्षेत्रलाई लक्षित गरि अभियान संचालन गरिएको हो । अभियान अन्तरगत कार्तिक पुर्णीमा (राम घाट) मेला सम्मको अबधीमा १ सय ५५ परिवारका गरिब बिपन्न ६ सय जना बढिलाई नयाँ न्यानो लुगाँ दिईने छ ।
अभियानको सुभारम्भ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले माहुरी होमले संचालन गरेको कार्यक्रमले जाडोमा बिपन्न परिवारलाई यसले ठुलो राहत मिल्ने बताउनु भयो । कोरोना संक्रमणका बेला बिपन्न र गरिबहरु मर्कामा परेका बेला अभियानले नागरिक स्तरमा राम्रो सुचना प्रवाह गरेकोले अभियानलाई बृहत रुपमा सञ्चालन गर्न आवश्यक रहेको प्रजिअ पौडेलको भनाई थियो । उहाँले माहुरी होमको यस अभियानलाई आफुले सहयोग जारी राख्ने समेत बताउनु भयो ।
कार्यक्रममा नगरपालिका क्षेत्रमा गरिब र बिपन्न परिवारका १ सय बढिलाई लुगा बितरण गरिएको थियो । आफुहरुले कोरोना संक्रमण सुरु भए लगत्तै परियोजनाका बिभिन्न दातृ निकायको सहयोगमा ६ सय १५ जनालाई राहात स्वरुप खाधान्न सहयोग गरेको माहुरी होमका अध्यक्ष रबि ठाकुरले बताउनु भयो । दातृ निकायको सहयोगमा ६ सय १५ परिवारलाई परियोजना संचालन गरेको क्षेत्रमा मात्र राहात वितरण अन्य क्षेत्रका नागरिकहरुबाट समेत राहातका माग आउन थाले पछी आफुहरुले फुल बैकं संचालन गरेर हाल सम्म १ सय ५५ जनालाई खाधान्न उपलब्ध गराईको अध्यक्ष ठाकुरले बताउनु भयो । संस्था प्रबद्धित मानव अधिकार संरक्षण प्रबद्र्धन कोष मार्फत भैरहवा मेडिकल कलेजमा रकमको अभावमा उपचार हुन नपाएका छोटु साहानीलाई उपचारका लागि रकम रु १ लाख सहयोग गरिएको, बर्षा याममा घर चुइएकाहरुलाई त्रिपाल समेत सहयोग गरिएको अध्यक्ष ठाकुरले बताए ।
यसै गरि कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक नवराज अधिकारीले माहुरी होमसंग बिभिन्न कार्यक्रममाहरुमा सहकार्य हुदै आएकामो यस अभियान पनि आफुहरुले सहकार्य गर्ने बताउनु भएको थियो । लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले मानव अधिकारको क्षेत्रमा कृयासिल संस्था माहुरी होमले पछिल्लो समयमा लोक कल्याणकारी, बिपन्न नागरिकहरुलाई प्रत्यक्ष प्रभाव पर्ने गरि कार्यक्रम संचालन गरेको बताउदै आफुले यस अभियानमा बिभिन्न दातृ निकाय साथै लुम्बिनी विकास कोष, दानी भिक्षुहरुलाई जोडने बताउनु भयो । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले माहुरी होमले संचालन गरेको फुड बैकं र हाल सुरु गरेको कपडा बितरण अभियान व्यापारीहरुको सहयोग रहेको आगामी दिन अझै बढेर जाने प्रतिवद्धता व्याक्त गर्नु भएको थियो । रेडक्रस सोसाईटीका जिल्ला महामन्त्री सन्तोष श्रीवास्तवले अभियानमा आफुहरुको सहयोग गर्ने बताउनु भयो ।
