उज्यालो सामाजिक संस्था विसनपुरा कपिलवस्तुद्धारा शुभकामना आदानप्रदान एवम् परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी २०७७ सालको विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान एवम् परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम वडा नं २ विसनपुरामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थीले विकास निर्माणका कामहरुले जनताको मन जित्ने बताउनुभयो । उहाँले यस वर्ष विकास निर्माणका लागि धेरै बजेट छुट्याउन नसकेको र विसनपुराबासीका समस्या पहिचान गरी छिटोभन्दा छिटो विकास निर्माणका कार्य चुस्त दुरुस्त रुपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै जनताले समृद्धिको बाटो रोज्नुपर्ने बताउनुभयो ।
यस्तै नगरप्रमुख मंगलप्रसाद थारुले एकतामा ठूलो बल रहेको र नगरसभा हुनुभन्दा अघि टोलविकास संस्थालाइ जानकारी गराएर योजनाबद्ध रुपमा कार्य अगाडी बढाउने बताउनुभयो । यस स्थानलाई विकास निर्माणको गतीमा अगाडी बढाउने र उज्यालो सामाजिक संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा नं २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले संस्थाले राखेका उद्देश्यहरुमा आफूहरु सदैव तयार रहने बताउनुभयो । विकास निर्माणका लागि अहिलेसम्म विसनुपुरालाई अहिलेसम्म बजेट नछुट्याइएको र आगामी दिनमा यसलाइृ अगाडी बढाउने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उज्यालो सामाजिक संस्था विसनपुराका अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षता रहेको थियो । यस्तै कार्यपालिका सदस्य, समाजसेवी, बुद्धिजिवि, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रम संस्थाका कोषाध्यक्ष दिनेश बस्यालको स्वागत तथा उपाध्यक्ष लक्ष्मी अर्यालको संचालनमा सम्पन्न भएको थियो ।