प्रचण्ड माथीको आरोपमा दरबारीया गन्ध,अनेरास्ववियू नेता—क.पञ्चा सिँह

सर्वहारा वर्गको नेतृत्व गर्दै २४० बर्षे विरासत बोकेको राजतन्त्रको विरुद्ध आज भन्दा २५ बर्ष अँगाडी भुमिगत भइ सशस्त्र विद्रोहको नेतृत्व गर्दा पचास लाख टाउकोको मुल्य चुकाउनु परेको प्रचण्डको साँठगाँठ दरबारीयासँग भयो भनेर अत्तालिनु नै प्रचण्डको शक्ति चिन्न नसक्नु हो । दश बर्षे महान जनयुद्धले जन्मिएको प्रचण्ड कुनै व्यक्ति नभएर एउटा सिद्धान्त र साझा विचार हो । नेपाली कम्यूनिष्ट आन्दोलनको हस्ती हो । कुनै आमाले पनि आफ्नो सन्तानलाई नाश गर्न चाहाँदैनन त्यस्तै प्रचण्ड सँघिय गणतान्त्रिक नेपाल जन्माउने आमा हुन उनलाइँ राजतन्त्र र दरबारीयासँग जोड्नु केवल हाँस्यास्पद सिवाय अरु केही होइन । वर्गिय,जातिय,धार्मिक,लैङ्गिक,एवम क्षेत्रिय समानताको लागी सशस्त्र संघर्षको माध्यमबाट नेपालमा राजतन्त्रको जरो मास्दै धार्मिक सहिष्णुता कायम गर्न धर्म निर्पेक्षता,जातिय विभेद अन्त्यका लागी समावेशी एवम समानुपातिक प्रतिनिधित्वको व्यवस्था ,राजतन्त्रको विकल्पको रुपमा गणतन्त्र घोषणा स्थापना गर्दै संविधान सभाको माध्यमबाट नेपालको संविधान निर्माण गर्दै,संविधानमा नै संघिय गणतान्त्रिक नेपालको व्यवस्था गर्ने प्रमुख पात्र हो क.प्रचण्ड ।
प्रचण्डको लचकता,धैर्यता,सँयमता,र स्व—आलोचनालाई हतियार बनाएर उनी विरुद्ध षड्यन्त्र नगर्न अनेरास्ववियू नेता क.पञ्चा सिँहले सामाजिक सञ्जाल मार्फत कडा चेतावनी दिनु भएको छ । सँगठनका सँयोजक कमरेड ऐन महरको सामाजिक सञ्जालमा लेखिएको “ इतिहास साक्षी छ जब कमरेडले कार्यकारी को जिम्मा पाउनुहुन्छ अनि निर्माण होइन ध्वंस गर्नु भएको छ चाहे पार्टी होस या देश तर नेकपा ध्वंस गर्न सम्भव छैन यसपटक कमरेडको इतिहासको क्रमभंग हुनेवाला छ बरु चोइटिन सक्नुहुन्छ ।” भन्ने तर्क प्रति खण्डन गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का युवा नेता एवम अनेरास्ववियूकी प्रभावशाली नेता कमरेड पञ्चा सिँह भन्नु हुन्छ “ नेपालमा राजतन्त्र ध्वंस हुनु गणतन्त्र निर्माण हुनु ,संघियता ,समावेशीता सहित ,धर्म निरपेक्ष राज्य घोषणा हुनु ,अध्यक्ष कमरेड प्रचण्ड त्यसको कुशल नेतृत्व कर्ता बन्नु यो प्रक्रिया आफैमा ऐतिहासिक र महान थियो । कमरेड प्रचण्डले लडेर ल्याईदिएको ब्यवस्था बाँदरको हातमा नरिवल बनाउन पाईएन भनेर (जसले संघिय गणतन्त्रिक नेपाल खारेजको सिफारिस गरेका छन) राजतन्त्र ध्वंस गरेको प्रचण्ड गणतन्त्र निर्माण कर्ता हो भन्ने नबुझ्ने आरोपमा दरबारिया गन्ध डुङ्डुङ्ति गनाइरहेको छ । दरबारसंगको मित्तेरी तिम्रो चाहाना नभई बाध्यताले छुटेको हो । आर्यघाटमा अस्तु सेलाई सकेको दरबारिया आरोप लोकले पत्याउने कुरा होईन । ”
ईतिहाँस साक्षी छ छरिएर रहेका बामपन्थी शक्तिलाई एक ढिक्का गराई माओबादी आन्दोलन मार्फत २४० बर्षे विरासत बोकेको राजतन्त्रलाई परास्त गर्दै सँघीय गणतन्त्र नेपाल निर्माण गर्ने सुप्रिम कमाण्डर कमरेड प्रचण्ड आफ्नो विचार र नेतृत्वमा कहिल्यै पनि अविचलित नहुने एक योद्धा हो । उहाँको नेतृत्वमा भएको कुनै पनि आन्दोलन ,सशस्त्र युद्ध होस या सरकार असफल भएको ईतिहाँस छैन । उहाँको अविचलित राजनितिक यात्रा र छलाङ प्रति हतोत्साहित भएर गरिएको टिका टिप्पणीको कुनै तुक छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation