१ घण्टा पछि सारियो मन्त्रिपरिषद्को बैठक, सचिवालवय बैठक निर्धारित समयमै बस्ने

मन्त्रिपरिषद्को बैठक एक घण्टा पछि सरेको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आव्हान गरिएकै समयमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । नेकपा सचिवालयको बैठक आज एक बजे बस्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को बैठक एक घण्टा सरेपछि सचिवालयको बैठक बस्ने निश्चित भएको हो । यसअघि बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लेखेका पत्र दर्ता भएका थिए । अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने दबाब ओली पक्षले दिएपनि उक्त प्रस्ताव फिर्ता नभएपछि ओलीले समेत त्यसको जवाफमा प्रस्ताव पेश गर्न सक्ने सम्भावना रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation