ओली समूहको ‘यु-टर्न’: निर्धारित समयमै बालुवाटारमा बैठक

सत्तारुढ नेकपाभित्रको विवादले नयाँ रुप लिएको छ । नेकपाका अध्यक्ष प्रचण्डले यसअघिको सचिवालय बैठकमा प्रस्तुत १९ बुँदे राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने जनाउँदै आएको ओली समूह ‘यु-टर्न’ भएसँगै विवादले नयाँ रुप लिने देखिएको हो ।यसअघि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको समूहका नेताहरुले सचिवालय बैठकमा सहभागी नहुने बताउँदै आएका थिए । ओलीले बुधबार बिहान पार्टी बैठककै समयमा मन्त्रीपरिषद बैठक बोलाएका थिए ।ओली राष्ट्रपति निवासबाट फर्किएलगत्तै ओलीले अडान छाडेको र बैठकमा सहभागी हुने निर्णय गरेका हुन् ।  उनले मन्त्रिपरिषद् बैठकको समय पनि एक घण्टा पछाडि सारेका छन् ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सचिवालय बैठक पूर्व-निर्धारित समयमै बस्ने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation