पोखरामा थप एक संक्रमितको मृत्यु

कास्कीको पोखरामा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय पुरुष हुन्।
कात्तिक २५ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा बुधबार दिउँसो एक बजे मृत्यु भएको हो। उनमा निमोनियाको पनि सङ्क्रमण थियो। योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २७ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation