कोरोना विरुद्धको चिनियाँ खोप ‘मध्य–चरण परीक्षणमा सफल’, आफ्ना चारवटै खोप अन्तिम तयारीमा पुगेकाे चीनको दाबी

चीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले ‘मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका छन् ।सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation