अर्घाखाँचीका ३६ वर्षिय विसिकाे काेराेनाका कारण मृ’त्यु

काेराेनाका कारण अर्घाखाँचीमा थप एकजनाकाे ज्यान गएकाे छ ।शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनराेडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिकाे उपचारकाे क्रममा आज ज्यान गएकाे हाे ।
कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते काेराेना संक्रमण पुष्टि भएका बिसीकाे उपचारकाे क्रममा  आज बिहान भैरहवा मेडिकल कलेजमा ज्यान गएकाे हाे ।२९ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएका बिसीलाई आज बिहान १०:५७ मा चिकित्सकले मृत घाेषणा गरेकाे अस्पतालका पेसेन्ट काेर्डिनेटर टेक कुमार केसीले पहिलाे अपडेट डटकमलाइ जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation