भारतीय अस्पतालमा आगलागी, ५ कोरोना संक्रमितको मृत्यु

भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन्।गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको हो ।
“आज बिहान कोभिड–१९ को उपचारका लागि तोकिएको शिवानन्द अस्पतालको आइसीयूमा आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ । अन्य छ जना जलेर घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ ।”अस्पतालमा उपचाररत २२ जना विरामीलाई सुरक्षित अन्य अस्पतालमा लगिएको छ। आगलागीको कारण समाचार तयार गर्दासम्म पत्ता लागिनसकेको बताइएको छ।यद्यपि अस्पतालको उक्त कक्षमा विद्युत चुहावट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको छ।आगलागीको कारण पत्ता लगाउन अनुसन्धान समिति बनाई जिम्मेवारी तोकिसकिएको अधिकारीले बताएका छन्।अस्पतालको आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation