भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्छौः ज्ञवाली

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताएका छन्। शुक्रबार गुल्मीमा नेपाल कम्युनिष्ट पार्टीका नेता बोमबहादुर खड्काको १२ औ दिनको शोक सभामा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। वर्तमान सरकारले भ्रष्टाचार गर्नै आफ्ना वा जोकोहीलाई पनि जेल हाल्ने चेतावनी दिएका हुन्।वर्तमान सरकारले भ्रष्टाचारीलाई कारबाही गरेको देखेर देशमा उनीहरु अताल्लिएका पनि उनले बताए। सुनकाण्ड, ललिता निवास काण्ड अख्तियारको अनुसन्धानमा रहेको बताउँदै नेकपा, कांग्रेस, जनमोर्चा जो भए पनि नछाड्ने उनले बताए।
अर्को एक फरक प्रसंगमा पार्टीमा देखिएको विवाद बैठकको माध्यमबाट समाधान हुने दाबी गरे। नेता तथा कार्यकर्तालाई अनावश्यक रुपमा फेसबुक र सामाजिक संजालहरु नरंग्याउन आग्रह गर्दै सके विवादमा पनि राख्न र नसेके घ्यू नराख्न लागि आग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation