चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै

चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि नेपाल आउँदै हुनुहुन्छ ।स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।  भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि बेलुका नै स्वदेश फर्कनुहुनेछ ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आउन लाग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation