नेपालगञ्जमा हिन्दु राष्ट्रवादीको बृहत मोटरसाइकल र्‍याली

हिन्दु राष्ट्रवादीहरुले नेपालगञ्जमा मोटरसाइकल र्‍याली निकाले छन् ।‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊँ, देश बचाऊँ’ जस्ता नारा लगाउँदै ठूलो संख्यामा मोटरसाइकलमा रहेकाहरुले नेपालगञ्ज बजार परिक्रमा गरेका छन् ।नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको ¥याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर र्‍याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो ।डा. राणाले भने, ‘गुमेको शक्ति फिर्ता ल्याउन यतिले मात्रै हुँदैन, सबै जना बलिदानी दिन तयार रहनु पर्छ । देशमा बढ्दै गएको जनलहरलाई शक्तिमा बदल्नु पर्छ ।’डा. राणाले धर्म, संस्कृति र परम्परालाई जोगाउन सबै जना पार्टी भन्दा माथि उठ्नु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation