ठूलो पार्टीभित्र विवाद हुनु स्वाभाविकः मन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको बताएका छन् । 
नेकपा स्थायी समिति सदस्य समेत रहेका उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने बताउँदै ठूलो पार्टीभित्र विवाद हुनु स्वाभाविक भएको पनि बताए । चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको समेत जानकारी दिए । 
उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको शुरुआत भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation