चितवनमा एक प्रहरी हवल्दारले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेका हुन्।प्रहरी निरीक्षककाे टोलीले घटनास्थलकाे मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा ल्याइएकाे थापाले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation