लवनी, कपिलवस्तु- जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीय संरक्षण विषयगत क्षेत्रको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि छलफल सम्पन्न भएको छ । पालिकाको विपत्तमा पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धि तयार पारेको दस्ताबेज अन्तरगत स्थानीय संरक्षणमा छलफल गरिएको थियो ।
सोमबार पालिकाले तयार पारेको उक्त दस्ताबेजमा रहेका बिभिन्न ९ वटा विषयगत क्षेत्र अन्तरगत स्थानिय सुरक्षा र संरक्षणको बारेमा छलफल तथा सुझाव संकलन गरिएको हो । गाउँपालिकाले बिभिन्न प्रकोपको समयमा आउन सक्ने विपत्तिहरुलाई ध्यानमा राखेर ल्याउन थालेको उक्त दस्ताबेजमा समन्वय, खोज तथा उद्धार, आवास तथा शिविर व्यवस्थापन, खाद्यान्न सामाग्री, गैर खाद्यान्न सामाग्री, खानेपानी तथा सरसफाई, स्वास्थ्य तथा पोषण, आपत्तकालिन शिक्षा, सुरक्षा र संरक्षण र सूचना व्यवस्थापन गरि ९ वटा बिषयगत क्षेत्रहरु रहेका छन् ।
जस अन्तरगत सुरक्षा तथा संरक्षण संबेदनशिल विषय भएकोले सरोकारवालाहरु उक्त विषयमा छलफल गरिएको गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेयले जानकारी दिईन । कार्यक्रमको सहजीकरण गर्दै युनिसेफका प्रकाश कैनीले विपत्तको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्याक्तिहरु, गर्भवती, सुत्केरी लगायतका समुहरु अति जोखिममा हुने भएकोले यस्ता समुहहरुको सुरक्षा र संरक्षणको लागि पालिकाले बिशेष ध्यान दिनु पर्ने बताएका थिए । उनले विपत्तमा बिभिन्न प्रकारका हिंसा बढ्ने, दुरव्यहार, उपेक्षा बढ्ने हुंदा स्थानीय संरक्षणको सबै सरोकारवाला संबेदनसिल हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निशार अहमद खाँले शुद्धोधन गाउँपालिका बिभिन्न प्रकारका हिंसाहरुको सवालमा संबेदनसिल रहेको बताएका थिए । उनले महिला तथा किशोरीहरु सशक्तिकरणको लागि पालिका स्तरमा १ सय ८० जना किशोरीहरु संजाल निमार्ण गरिएको, जन चेतना मुलक कार्यक्रममा संचालन गरिएको बताए ।
शुद्धोधन गाउँपालिकाको आयोजना, युनिसेफ नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम अधिकृत अजय चौधरीको संचालन युनिसेफका प्रकाश कैनीको सहजीकरणमा सम्पन्न भएको थियो भने उद्देश्य माथि सिद्धार्थ सामाजिक विकास केन्द्र कार्यक्रम संयोजक नारायण घिमिरले प्रकाश पारेका थिए ।
