बालुवाटार र थापाथलीमा नेकपाको दुबै पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् ।  केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिमा अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । यसैबीच बालुवाटारमा ओली समूहको केन्द्रीय समिति बैठक पनि सुरु हुन लागेको केन्द्रीय सदस्य सुर्य थापाले जानकारी दिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation