फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरू निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिस आत्तिएर सडकमा पुगेका थिए । भूकम्पबाट भएको क्षतिकाे यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ७ः४३ बजे आएको उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट ११४ किलोमिटर गहिराइमा थियो । भूकम्प बान्तागास प्रान्तमा केन्द्रित थियो ।

फिलिपिन्स र आसपासका मुलुक भूकम्पीय दृष्टिबाट निकै जोखिमपूर्ण मानिन्छन् ।
 #फिलिपिन्स# भूकम्प

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation