ओली समूहको भेलालाई सम्बोधन गर्न मुख्यमन्त्री पोख्रेल आज कपिलवस्तु आउँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल मंगलबार (आज) कपिलवस्तु आउँदै हुनुहुन्छ । नेकपाका पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा फुटेको छ । नेकपा फुटेपछि ओली समूहको प्रभावशाली नेतामा गनिनु भएका मुख्यमन्त्री पोख्रेल उक्त समूहको जिल्ला भेलालाई सम्बोधन गर्न कपिलवस्तु आउन लाग्नुभएको हो ।

मुख्यमन्त्री पोख्रेलले सम्बोधन गर्ने जिल्ला स्तरीय भेलामा उपस्थितीका लागि नेकपाका नेता, कार्यकर्तालाई नेकपा ओली समूहका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आग्रह गर्नु भएको छ ।जिल्ला स्तरीय भेला जिल्लाको बुद्धभूमि क्याम्पस, वरकलुपुरमा विहानको ११ बजे आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।ओली सरकारले आगामी बैशाखमा तय गरेको निर्वाचनको तयारी स्वरुप जिल्ला दौडाहमा निस्किन थालेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation