तौलिहवा– कपिलवस्तु नगरपालिका वार्ड ९ स्थित बैरनीम सुकुम्बासी बस्तिमा न्यानो कपडा वितरण गरिएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा संचालित न्यानो कपडा वितरण अभियान अन्तरगत कपिलवस्तु नगरपालिका वार्ड ९ बैरनीका १६ घर परिवारका ५३ जनालाई न्यानो कपडाका वितरण गरिएको हो ।
न्यानो कपडामा सानो कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहको पहलमा उक्त सुकुम्बासी बस्तिमा न्यानो लुगा वितरण गरिएको माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले बताएका छन्
कपडा वितरण कार्यक्रमम बोल्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले नगरबासीका समस्याहरु समाधान गर्नका लागि आफुले पालिकाका संगै बिभिन्न सामाजिक संघ संस्थाहरु सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पालिकाको भौत्तिक विकास साथै मानविय विकासका कार्यक्रमहरु संगै संगै अगाडी बढाउने बताएका थिए ।
कार्यक्रम बोल्दै माहुरी होमका अध्यक्ष ठाकुरले संस्थाले हाल सम्म १५ सय बढीलाई व्याक्तिलाई कपडा वितरण गर्नुका साथै ८ सय ६५ घर परिवारलाई राहात वितरण गरिएको जानकारी दिए ।











