अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई

चितवन ।
पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएकोजस्तो छ ।’’नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे ।नेकपा नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानुनविपरीत भएको बताउँदै यसलाई कानुनले नै सच्याउनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोलेका थिए । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation