अब पूर्वराजा र विप्लव सम्म अटाउने ब्यवस्थामा जाऔं : बोहोरा

भैरहवा २४ पुस  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले राजा ज्ञानेन्द्र देखि नेत्र बिक्रम चन्द समेत अटाउने ठाउ बनाउनु पर्ने बताएका छन ।लुम्बिनी पे्रस क्लबले बिहीबार रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले सबै अटाउने ठाउ बनाउन नसक्दा मुलुक समस्याको भुमरीमा फस्दै गएको दावी गरे ।हामीले सबै अटाउने ठाउ बनाएनौ त्यसैले मुलुक जटिल समस्याको भुमरीमा फस्यो पुर्व राजा ज्ञानेन्द्र देखि नेत्र बिक्रम चन्द समेत अटाउन सक्ने ठाउ बनाउनु समस्याको दीर्घकालिन समस्या समाधानको उपाय हो बोहोराले भने ।

   गोलमेच सम्मेलन गरी विप्लबदेखि सबैलाई एकै ठाउँमा ल्याएर अहिले देखिएको संकटको व्यवस्थापन हुन सक्छ बोहोराले थपे । नेता बोहोराले संसद पुनस्र्थापना भए मुलुकमा पुनः राजनीतिक फोहोरी खेल सूरु हुने बताउदै मुलुक जसरी पनि अस्थिरतातर्फ धकेलिएको दावी गरे । संसद विघटन गर्नु असंवैधानिक भए पनि अदालतले गरेको निर्णय पार्टीले अंगीकार गरेर अगाडि बढ्ने उनले बताए ।

    अहिलेको अवस्थामा संसद पुनस्र्थापना समस्याको समाधान नभएको जनाउँदै ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । हामीले अदालतको निर्णयस्वीकार गरेर जानुको बिकल्प छैन तर संसद पुनःस्थापना भए सत्ता राजनितीको फोेहरी खेल सुरु हुनेछ उनले भने ।संसद पुनःस्थापना नभए आफूहरु चुनावमा जाने र निर्वाचन आयोग पनि चुनाव गर्न तयार रहेको जनाउँदै नेता बोहराले प्रधानमन्त्री चुनाव गर्न सकारात्मक रहेको जनाए ।वरिष्ठ नेता बोहराले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजाको पक्षमा प्रष्ट बहुमत आउने उनको दावी थियो ।हिजो गणतन्त्रविरुद्धमा नारा नलागेको र अहिलेको त्यसविरुद्ध जनमत बढिरहेको बताउँदै बोहराले सबैको माग लोकतान्त्रिक राजा र सनातन हिन्दू धर्म नै भएको जिकिर गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation