नदीमा बस खस्दा १ को मृत्यू,२ जना घाइते

तुलसीपुर २४ पुस । २३ पुस र दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ ।रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा अन्य २ जना घाईते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation