आधिकारिक नेकपा हाम्रै हो, गडबड गर्न खोजिए आम हड्ताल हुन्छः पुन

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृतिविरुद्ध आम हड्ताल हुने चेतावनी दिनु भएको छ । संसद विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध नेकपाले पहिलो, दोश्रो चरणको विरोध र आन्दोलन गरिरहेकाले अब तेश्रो चरणको आन्दोलन अन्तर्गत आम हड्ताल हुने चेतावनी दिनुभएको हो ।नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई सम्बोधन गर्दै ओली दिनप्रतिदिन निरंकुश र अटेरी हुँदै गएको सुनाउँदै तेश्रो चरणमा हुने आन्दोलनले संसद पुर्नस्थापना गर्ने र ओलीलाई घुँडा टेकाउने उहाँको जिकिर छ ।

पार्टीमा अध्यक्ष हुँदा कुनै अनुशाषन पालना नगरेका, पार्टी विधान मिचेको, वैठकमा सहभागी नभएको, मन्त्री नेता, कार्यकर्ता सबैलाई धम्क्याउने इत्यादि काम गरेकाले प्रचण्ड र नेपालले पार्टीले कारबाही गर्नु परेको समेत उहाँले प्रष्ट्याउनु भयो ।

नेकपा पार्टी कुन् भन्ने आधिकारिकताको प्रश्न उठिरहेको अवस्थामा कुनै द्धिविधा नपाल्न नेता कार्यकर्तालाई पुनको आग्रह छ । निर्वाचन आयोग, अदालत आदिसंग सेटिङ गर्दैमा नेकपा ओलीको हुन सक्दैन । पार्टी गठन हुँदाको केन्द्रिय सदस्यको बहुमत (४४१) रहेको हाम्रो प्रमाण निर्वाचन आयोगसंग छ । कसरी नेकपा ओलीको हुन्छ, उहाँको प्रश्न छ ?’

उहाँले सबै कुरा घामजस्तै छर्लङ भएको अवस्थामा संवैधानिक निकायको रुपमा रहेको निर्वाचन आयोगले गरेको ढिलाईमा पनि आपत्ति जनाउनु भयो । ‘विचार, कानुन, विधिविधिान, ब्यक्ति सबै तथ्यले नेकपा हाम्रै हो भन्ने तथ्य कहिँ छोपिदैन, उहाँले भन्नुभयो ।’

नेता पुनले ओलीको राजनैतिक विचार बयलगाढाभन्दा अरु नभएको बताउनु भयो । लुम्बिनी प्रदेशका इन्चार्ज समेत रहनु भएका उहाँले थप्नुभयो–‘वयलगाढा चढेर अमेरिका पुग्न सकिदैन भन्ने ओलीलाई गणतन्त्र मन परेको छैन । वगलगाढा चढेर गणतन्त्र ल्याउन सकिन्न भन्ने यिनै ओली हुन् । आज उनलाई यो ब्यवस्था मन परेको छैन । उनी फेरि राजा ल्याएर मुलुकलाई अस्थिर बनाउँदैछन् । तर त्यो सम्भव छैन । यसकाविरुद्ध सबै कार्यकर्ता एकजुट भएर लडौँ ।’

मुलुकलाई समृद्ध बनाउने, लाखौँको संख्यामा रोजगारी सिर्जना गर्ने नेकपाको सपनामा केपी ओलीले गद्द्दारी गरेको भन्दै अब बन्ने स्पष्ट विचारसहितको नेकपाले त्यो सपना पुरा गर्ने समेत उहाँले बताउनु भयो । उहाँले वैशाखमा चुनाव नहुने ठोकवासमेत गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation