चुनाव स्वीकार्ने वा बहिस्कार गर्ने निर्णय पछि गर्छौ : इन्चार्ज ज्ञवाली

रुपन्देही १० माघ ।  नेपाल कम्युनिष्ट पार्टि नेकपा दाहाल —नेपाल समुहका नेता युवराज ज्ञवालीलेसूर्य चिन्ह सो समुहले पाउने र प्रतिनिधी सभा पुनस्थापना हुदै हुने दावि गरेका छन्  । निर्वाचन आयोगले आफुहरुलाई सुर्य चिन्ह प्रदान गर्ने दावी गरेका हुन् । सूर्य चिन्हपनि हाम्रै हुन्छ प्रतिनिधी सभा पनि स्थापना हुन्छ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले भने ।दाहाल( नेपाल समुहले लुम्विनी प्रदेशको ईन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक प्रदेश कार्यालय रहेको पुष्पलाल स्मृती भवन पुगेका ज्ञवालीले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी ओलीले प्रतिगमन गरेको पटक पटक दोहर्याए ।

    उनलाईं तपाईहरुले चिन्ह पनि नपाउने पुनस्थापना पनि नहुने अवस्थामा चुनावमा भाग लिनु हुन्छ की बहिस्कार भन्ने प्रश्नमा चुनाव स्वीकार्न नसकिने वताए । यद्धपी यो विषयमा पार्टीलेआवश्यक निर्णय लिने वताए ।  ज्ञवालीले दाहाल नेपाल समुहले बुटवलमा माघ १५ गते आयोजना गर्न लागेको बिरोध सभामा हज्जारौंको सहभागीता रहने र केपी ओलीको प्रतिगमनका बिरुद्ध बुटवलबाट निर्णायक आन्दोलन सूरु हुने दावी गरे ।

    ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले समाजको परिवर्तन र गतिशिलतालाई रोक्ने प्रयत्न गरेको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले समाजको गतिशिता र परिवर्तन रोक्ने प्रयास गर्नु भयो परिवर्तन र गतिशिलता रोक्ने शासक आफै समाप्त भएर जान्छन उनले भने । दाहाल नेपाल समुहले लुम्विनी प्रदेशको ईन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेललाई गत पुष २० प्रदेशको ईन्चार्जबाट हटाएर पार्टि स्थायीकमिटी सदस्य रहेका ज्ञवालीलाई प्रदेशको ईन्चार्जको जिम्मेवारी दिएको थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै पार्टिका केन्द्रिय सदस्य एवं युवा नेता ठाकुर गैरेले समाजमा संकट पैदा हुदा मिडिया र राजनितीकदल मिलेर संकटको सामना गर्नु पर्ने बताए । बिगतमा मुलुक संकटमा पर्दा मिडिया र राजजिनतीक दल एकठाउ थियौं अहिले फेरी मुलुक संकटमा परेको छ यसको एकै ठाउ बसेर सामना गरौं गैरेले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation