ओलीको लोकप्रियता देखेर प्रचण्ड–माधव षडयन्त्रमा उत्रिएः शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कालापानी र लिपुलेक समेटेको देशको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि पार्टीभित्र समस्या उत्पन्न भएको दाबी गरेका छन्। पाल्पाको तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रवादी कार्यले प्रधानमन्त्री ओली लोकप्रिय हुने डरले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड षड्यन्त्रमा उत्रिएको आरोप लगाए। ’प्रचण्ड र माधव नेपालले पार्टी र राज्य सत्ता कब्जा गर्ने षड्यन्त्र गर्नुभएको थियो। तर, तर उक्त षड्यन्त्रको भ¥याङलाई प्रधानमन्त्री ओलीले भत्काइदिएपछि अहिले उनीहरुको दाँतबाट पसिना निलिरहेका छन्’ उनले भने।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिएको कुरा नेपाली जनताले थाहा पाउने दाबी गरे। ’ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएको कुरा जनताले अब थाहा पाउँछन्’ उनले भने, ’बाम एकता फुटेपछि अब परिवर्तनको बाढी आउँछ।’ ओली नेतृत्वको सरकारले गरेका काम जनताका बीचमा जान थालेकाले अब जनताले ओलीलाई घेराबन्दीमा पारिएको सत्य कुरा थाहा पाउने उनले जिकिर गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation