प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी आज

काठमाडौं :  नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। मध्यान्ह साढे १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ। शुक्रबार काठमाडौंमा उक्त समूहले प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरेको थियो। आजको बैठकमा शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने नेकपाले जनाएको छ।शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच माघ ९ गते काठमाडौंमा भएको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation