कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला अध्यक्षमा विष्णु पन्थीले जिम्मेवारी पाउने टुंगो लागेको छ ।प्रचण्ड–माधव समूहले प्रदेश सांसद समेत रहनुभएका पन्थीलाई जिल्ला अध्यक्ष बनाउन सम्वन्धित कमिटीले केन्द्रमा सिफारिस गरेको जनाइएको छ ।अब बस्ने स्थायी कमिटीको बैठकले नेता पन्थीलाई छिट्टै अध्यक्षमा नियुक्त गरेको सार्वजनिक गर्ने बताइएको छ ।विकास प्रेमी नेताका रुपमा परिचित पन्थीलाई अध्यक्षको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएपछि बधाईको ओइरो लागेको छ ।पद, प्रतिष्ठा भन्दा विचारको राजनीति गर्दै आउनुभएका उहाँ अनेरास्ववियूका पूर्व केन्द्रिय नेता हुनुहुन्थ्यो भने तत्कालिन (एमाले)को केन्द्रिय लेखा आयोग सदस्यमा रहेर काम गर्नुभएको थियो ।
पार्टी एकता पश्चात पार्टीको घोषित जिम्मेवारी नपाउनु भएका नेता पन्थीलाई अहिले जिल्ला अध्यक्षको जिम्मेवारी दिन लागिएको हो ।पार्टी भित्रको चरम गुटबन्दीको सिकारमा पर्नुभएका उहाँलाई आम नेकपाका नेता तथा कार्यकर्ताले लुम्बिनी प्रदेशको अर्थमन्त्रीको रुपमा पनि हेरेका थिए । तर, ओली समूहले नेता पन्थी प्रचण्ड–नेपालमा भएकै कारण अर्थमन्त्री बनाएको थिएन् ।नेकपा विभाजनसंगै तत्कालिन जिल्ला अध्यक्ष झविलाल पोख्रेल ओली समूहमा गएपछि जिल्लामा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) ले पार्टी सम्हाल्दै आउनुभएको छ ।