कपिलवस्तु, ६ बैशाख
कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर–३ फुलिका लाई पुर्ण खोप वडा घोषणा गरिएको छ ।
वडा भरका १ हजार ७० परिवारका सम्पुर्ण १६ देखी २३ महिनाका बालबालिकाको सत प्रतिशत खोप सुनिश्चितता भए सगै वडालाई पुर्ण खोप घोषणा गरिएको हो । वडा खोप समन्वय समितीको आयोजनामा समितीका संयोजक समेत रहेका वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले तोकिएको मापदण्ड अनुसारको खोप पुरा भए पछि वडालाई पुर्ण खोप वडा घोषणा गरेका थिए । वडालाई पुर्ण खोप वडा घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविक र अन्य स्वास्थ्यकर्मीले फिल्डस्तरमा उत्कृष्ट भुमिका खेलेको फुलिका स्वास्थ्यचौकीका प्रमुख गम्मर सिंह पहराईले बताए । पछील्लो चार महिनामा जिल्लालाई पुर्ण खोप घोषणा गर्ने अभियान दु्रत गतिमा अगाडी बढाईएको स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत चिन्तामणी ज्ञवालीले जानकारी दिए । बालबालिकालाई रोगहरुबाट बचाउन खोप आवश्यक रहेको मायादेवी गाँउपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए । वडास्तरमा खोप लगाएर लिएको खोप कार्ड बिना जन्मदर्ता लगायतका पन्जिकरणको काम नहुने खोप समन्वय समिती संयोजक तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले बताए ।अभिराव स्वास्थ्य चौकीका प्रमुख रन कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न घोषणासभामा वडाका जनप्रतिनिधी, स्वास्थ्य केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती थियो ।