बाणगंगामा अक्सिजन बैंक संचालन

जितपुर- कपिलवस्तु बाणगंगामा अक्सिज बैकं संचालन गरिएकाे छ ।
कपिलवस्तुकाे बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक संस्थाहरु लायन्स क्लब अफ बाणगंगा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाणगंगा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा बाणगंगा मा अक्सिजन बैंक सन्चालनमा आएको हो ।
बाणगंगा नगरपालिका भित्र कोभिड १९ तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोपमा सङ्क्रमितहरुको अक्सिजन अभाबमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले अक्सिजन बैंक सन्चालनमा ल्याइयको अभियानका संयाेजक रमेस चन्द्र भुसालले बताए ।
उक्त अक्सिजन बैंक संचालन गर्न जिल्लाका विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा सन्चालन भैरहेको जानकारी पनि संयाेजक भुषालले दिए। त्यसैगरी यश क्षेत्रका समस्त उद्योगि ब्याबसायिहरुले अभियान लाई सार्थक बनाउन अपेक्षित सहयोग गरिरहेको र बर्तमान समयमा आबश्यक सहयोगको लागि सम्पुर्ण ब्याबसायी लाई अपिल समेत गरियको जानकारी नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेलले जानकारी दिए ।
लायन्स क्लब एरिया 4 B2 बाट ११ थान अक्सिजन सिलिन्डर नि:शुल्क भर्ने ब्याबस्था गरिएको जानकारी अभियानका सदस्य एबं लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी गराएका छन् ।
अभियान सम्पन्न भए सङ्गै सामाजिक लेखाको आधारमा हर हिसाब पारदर्शी रुपमा सार्बजनिक गरिने भयेकोले सबैलाई अभियानमा जोडिन अभियानका कोषाध्यक्ष एबं कपिलवस्तु जेसिसका अध्यक्ष भिमकान्त भट्टराईले आग्रह गरेका छन् । सामाजिक सङ्घ सस्थाहरुको समेत महामारीको बेला विभिन्न प्रकार को सामाजिक उत्तरदायित्व हुने हुनाले यो महा अभियानमा जोडिन सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले सम्पुर्णमा अाहवान गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation