सामाजिक सुरक्षा भत्ता वितरण नगरेकाे भन्दै एनआईसी एसिया पकडी शाखामा स्थानियद्वारा तालावन्दी

पकडी– एनआईसी एसिया बैकं पकडी शाखामा सेवाग्राहीहरुले ताला बन्दी गरेका छन् । कपिलवस्तुकाे मायादेवी गाउँपालिका १ पकड़ी स्थित रहेको एनआइसीको शाखामा सामाजिक सुरक्षा भत्ताको लागि दैनिक बैंकले दुःखः दिएको एंव दैनिक रुपमा बैंकमा धाउनु परेको भन्दै सेवाग्राहीहरुले तालाबन्दी गरेका हुन् ।
मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरीको नेतृत्वमा बैकंमा पुगेका स्थानियहरुले तालाबन्दी गरेको बुझिएको छ । कोरोनाको महामारीको दैनिक बैकंमा आउने सेवाग्राहीहरु बैकं बाहिर पर्खाल र बाटोमा बस्ने गरेको स्थानियहरुले बताएका छन् । बैकंले बिभिन्न बाहानामा भोली आउनु, पर्सी आउनु भन्दै बोलाउने तर सामाजिक सुरक्षा भत्ता नदिने गरेकोले बाध्य भएर ताला बन्दी गर्नु परेको
स्थानियहरुको आरोप रहेकोछ । कोरोना महामारीलाई ध्यानमा राखेर बैंकले डिजिटल माध्यमबाट कारोबार अगाडी बढाईएको र दुई दिन सम्म बैंक बन्द रहेकोले समस्या परेको शाखा प्रबन्धक प्रबिन रायमाझीले बताएका छन् । भोली देखी भत्ता बाड्ने गरी छलफल भईरहेको प्रबन्धक रायमाझिले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation