रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको अध्यक्षमा वरुण ज्ञवाली चुनिनुभएको छ । रोट्रयाक्ट क्लबले शनिबार आयोजना गरेको पदस्थापना कार्यक्रम निवर्तमान अध्यक्ष रो खिमानन्द पौडेल र नवनिर्वाचित अध्यक्ष वरुण ज्ञवालीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा.विष्णु जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । रो.ऋषि पाण्डेले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य रो.दिपक अधिकारीले व्यक्त गर्नुभयो । प्रमुख अतिथि जोशीले आगामी दिनमा थप सिर्जनशील भइ अगाडि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।