YCL प्रति यूवाको आकर्षण, YCL नेपाल सैनामैना सातको वडा भेला सम्पन्न:

उज्यालो पोष्ट,२६भाद्र २०७८

नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल(YCL) सैनामैनाले सैनामैना न.पा. वडा नं.सात को वडा भेला सम्पन्न गरेको छ ।

YCL नेपालले संगठन बिस्तार लाइ तिब्रता दिने क्रममा आज सैनामैना सात मा एक भब्य कार्यक्रमका बिच टंक मिदुनको अध्यक्षतामा एक सय एक सदस्यीय वडा कमिटि गठन गरेको छ ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपा माअ‍ेवादी केन्द्र रुपन्देहि संयोजक निर्मल जिसिले जनयूद्धले जनताको मागलाई प्रस्तुत गरियको र अझै ति माग पुरा नभएकाले सर्घष गरिरहनु परेको बताउनुभयो । अहिले अग्रगामि सक्ति र पश्चगामि संक्ति विच लडाई चलिरहेको बताए ।

यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य रेशम रसालि(सन्तोश) ले हिजोको लडाई र आजको लडाई फरक भएकाले हिजो हतियारवद्ध लडाई थियो आज बैचारीक लडाई उतिकै पेचिलो बन्दै गैरहेको हुदां यूवाहरु पश्चगमनका विरुद्ध आक्रामक वैचारीक लडाई लड्नुपर्ने बताउनुभयो ।
कार्यक्रमामा बोल्दै YCL नेपालका नवनिर्वाचित केन्द्रीय सदस्य तथा रुपन्देहि जिल्ला ईन्चार्ज माधव वस्नेतले युवाहरु परिवर्तन को संवाहक हुन र युवाहरू नै रास्ट्र निर्माणमा जुट्नुपर्छ। तसर्थ वाईसीएल नेपाल त्यो क्रान्तिकारी युवाहरूको दस्ता हो, जसले दलाल, चाकरीलाई निस्तेज गर्दै आत्मस्वाभिमानका साथ जनताका गुनासो र समस्या समाधानका निम्ति संगठनको परिधिभित्र रहेर शोषक सामन्तका विरुद्ध चट्याङ सरि गर्जिन आव्हान गरेका छन।
त्यसैगरि कार्यक्रममा बोल्दै विशिस्ट अतिथि नेकपा माओबादि केन्द्र सैनामैना नगर संंयोजक मान बहादुर महत –नाराय) ले भने वाई सि एल नेपाल जनयुद्धको जगमा उभिएको संगठन भएकाले अन्य राजनैतिक दलका युवा संगठन भन्दा पृथक छ । यसले जनताकै विचमा गयर जनताकै मन जित्नूपर्ने बताए ।

YCL वडा नं सात संयोजक जयबहादुर सार्किको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा रेशम रशाइलि, भोला बस्याल, हिरा बुढाथोकि, नारायण महत्त, माधव वस्नेत, तिलक नेपालि, गोविन्द खरेल, केशव विश्वकर्मा लगाएतका अतिथिहरुको उपस्थितिमा भएको कार्यक्रको संचालन नेकपा माओवादी केन्द्र क्षेत्रीय कमिटि सदस्य तथा वडा नं सात का संयोजक रोमनाथ न्यौपानेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation