महिला क्रिकेट टिम बंगलादेशमा पराजित

काठमाडौं । बंगबन्धु फ्रेन्डसिप पिकेएसपी कप अन्तर्गत नेपाली महिला क्रिकेट टिम आयोजक पिकेएसपीसँग पराजित भएको छ ।

बंगलादेशको बिकेएसपी मैदानमा सोमबार भएको खेलमा नेपाली टिम घरेलु टोली बिकेएसपीसँग पाँच विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ दशमलब ३ ओभरमा अलआउट हुदै ४५ रन मात्र जोड्यो ।

नेपालका लागि ज्योती पाण्डे र अप्सरी बेगमले समान १३–१३ रन जोडे ।

बिकेएसपीका लागि मारुफले सर्वाधिक ४ विकेट हात पारिन् । रवियाले दुई विकेट लिदा दिशा र शानुले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बिकेएसपीले ४६ रनको लक्ष्य ५ विकेट गुमाएर १२ दशमलब ४ ओभरमा पुरा गर्यो ।

बिकेएसपीको जितमा सुमैयाले सर्वधिक २१ रनको योगदान गरिन् ।

नेपालको तर्फबाट कविता कुवरले दुई तथा सबनम राई र सरस्वती चौधरीले एक–एक विकेट हात पारे ।

नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको छ । एक हप्ते भ्रमणका क्रममा चार मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपाली टोलीले यस अघि बिकेएसपीलाई पहिलो खेलमा २४ रनले पराजित गरेको थियो ।

बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ ।

दोस्रो खेल २३ मा भुटानसँग, तेस्रो खेलमा कुवतेविरुद्ध नोभेम्बर २५ मा खेल्नेछ । मलेसियासँग नोभेम्बर २६ मा र पाँचौ तथा अन्तिम खेलमा २८ तारिकमा यूएईसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation