जिल्लाकै पुरानो तथा ऐतिहासिक कपिलवस्तु बहुमुखी क्याम्पसमा प्राथामिक स्वास्थ्य उपचारको लागि हेल्प डेक्स स्थापना गरिएको छ । कोभिड १९ कोरोना भाईरसको प्रभावलाई मध्यनजर बिद्यार्थी, प्रध्यापक र कर्मचारीहरुलाई लक्षित गरेर प्राथामिक स्वास्थ्य उपचार एंव सहायताको लागि हेल्पडेक्स स्थापना गरिएको हो ।
क्यापसमा कसैलाई कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल आवश्यक स्वास्थ्य उपचार तथा सहयोगका लागि डेक्स स्थापना गरिएको क्यापस प्रमुख बिनय पाण्डेयले जानकारी दिनु भयो । सो को व्यवस्थापनको लागि स्वास्थ्यका जानकार प्रध्यापक तुलसी खनालको संयजकत्वमा छुट्टै डेक्स नै स्थापना गरिएको र महिला तथा किशोरीहरु महिनावारी भएको समस्यामा कक्षा छोड्नु पर्ने समस्या समाधानको लागि सेनेटरी मेसिन समेत जडान गरिएको पाण्डेयले जानकारी दिनु भयाे ।
क्यापसमा अध्ययनरत महिला, किशोरी र महिला कर्मचारीहरुलाइ महिनावारीको समयमा कक्षा छोड्न नपरोस तथा कुनै पनि प्रकारका समस्याहरुलाई बेह्रोनु नपरोस भनी सेनेटरी प्याड मेसिन समेत जडान गरिएको हेल्प डेक्स संयोजक खनालले बताउनु भयाे । महिनावारी भएको समयमा उक्त मेसिनमा गएर बटन दवाउना साथ आफै सेनेटरी प्याड निस्कने संयोजक खनालले जानकारी दिनु भयो ।
