राज कुमार-लवनी, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकामा नटुवा समुदायहरुलाई राहात वितरण गरिएको छ । नागरिक सहकार्य मञ्चको पहल र बिभिन्न सहायोगी हातहरुको सहयोगमा मधेश मानव अधिकार गृह (माहुरी होम) ले दुई जिल्लाका २ वटा पालिकामा गरी ५० घर परवारलाई राहात वितरण गरेको हो । दुवै पालिकाका सहकार्य मञ्चको पहलमा संस्थाले शुद्धोधन गाउँपालिकाको वार्ड १ को प्रगतीनगरमा १७, वार्ड ३ असुरैनामा ११ गरि २८ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वार्ड ३ मा रहेका २२ घरपरिवारलाई आज शुक्रबार राहात सामाग्री वितरण गरेको छ ।

राहात वितरण कार्यक्रम माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले कतै सर्प देखाएर, नचाएर कतै मागेर र केही परिवारहरुले बैण्ड बाजा बजाएर जिविको पार्जन गर्दै आईरहेका नटुवा समुदाय कोरोना महामारीका कारण अत्यान्त मर्का परेकोले पालिका स्तरमा गठित नागरिक सहकार्य मञ्चको पहलमा राहात वितरण गरिएको बताउनु भएको छ । उहाँले माहुरी होम जहिले पनि आर्थिक तथा सामाजिक कारण बाट बहिस्करणमा एंव पछाडी परेका समुदायलाई मुल प्रबाहीकरण ल्याउनको सधै कृयासिल रहने बताउनु भयो ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकामा गाउँपालिका अध्यक्ष निशार अहमद खाँ र उपाध्यक्ष सुधादेवी पाण्डेय र लुम्बिनी सास्कृतिक नगरपालिकामा नगर प्रमुख मनमोहन चौधरीको रोहबरमा राहात वितरण गरिएको थियो ।
राहातमा २५ के.जी. चामल, २ के.जी. दाल, नुन १ प्याकेट तेल २ लिटर र २ वटा साबुन प्रत्येक परिवारलाई वितरण गरिएको थियो । राहात वितरण कार्यक्रम माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुर, माहुरी होमका रुपन्देही संयोजक रामविकास चौधरी लगायतको सहभागिता रहेको थियो । शुद्धोधनमा नागरिक सहकार्य मञ्चका शुद्धोधन सह संयोजक रविन्द्र पासी र लुम्बिनीमा नागरि सहकार्य मञ्च लुम्बिनीका संयोजक जुबेर अहमदको व्यवस्थापन राहात वितरण भएको थियो ।
