अनेरास्ववियूका नेताद्वारा जनयुद्धका स‌ैन्य कमाण्डरलाई आर्थिक सहयोग

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएको आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकार समक्ष माग गरेको छ।बिहीबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएका एवम हाल क्यान्सरविरुद्ध लडिरहेका तत्कालीन माओवादीका जनमुक्ती सेनाका कम्पनी कमान्डर नैनवहादुर तामाङ ‘जमिन’लाई भेट्ने क्रममा अनेरास्ववियूले सो माग गरेको छ।

भक्तपुरको सूर्यविनायकस्थित भाइको डेरामा बसिरहेका तामाङलाई भेट्न बिहीबार अनेरास्ववियू केन्द्रिय नेता एवम् साबिक अखिल( क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष पन्चा सिंह ,दीपक देवकोटा, रविकिरण यादव ,केन्द्रीय सचिव मदन भुल, राजकुमार याक्सो केन्द्रीय सदस्य रमेश खड्का र रोशन थापामगर सानोठिमी क्याम्पसका नेता रेशमलाल श्रेष्ठ लगायतको टाेली पुगको थियो  । तामाङ १० वर्षे जनयुद्धका क्रममा भोजपुर सदरमुकाममा भएको भिडन्तका क्रममा घाइते भएका थिए । गोली लागेका घाउका कारण उत्पन्न क्यान्सर रोगसँगकाे कठिन संघर्षमा लडिरहेका छन्। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका निवासी तामाङ त्यतिबेला तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए।भेटमा अनेरास्ववियू नेता सिंहले परिवर्तनका लागि भएका जनआन्दोलन र जनयुद्धका सम्पूर्ण घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ।  घाइते सहयाेद्धालाइ भेट्न पुगेकाे नेता सिहँ सहितकाे टाेलीले सहयोगस्वरुप २० हजार रुपैयाँ उपचारको लागि हस्तान्तरण गरेको छ  । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation