कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं, साउन २७ : नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको जानकारी दिए। 

ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।आइतबार दिउँसो १ बजे अस्पताल भर्ना भएका ती महिला निमोनियाबाट ग्रसित थिइन्। अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालको आईसीयूमा उपचाररत धनुषाका एक वृद्धको मृत्यु भएको छ।विदेह नगरपालिका–८ का ६० वर्षीय वृद्धको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको  हो।

क्षयरोगबाट पीडित रहेका उनी १८ दिन अघि अस्पताल भर्ना भएका थिए। त्यस्तै धनुषाकै पिपिल्लाबिहारी नगरपालिका ५ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको छ। क्यान्सर अस्पताल जनकपुरमा काम गर्ने पुरुषाकाे साेमबार मृत्यु भएकाे हाे।त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे ४ निवासी ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मनमोहन कार्डियोभास्कुरत तथा ट्रन्प्लान्ट सेन्टरमा उपचारको क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation