काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य पुनः बढाएको छ । निगमले आइतबारराति १२ बजेबाट लागू हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँका दरले बढाएको हो ।बढेको मुल्य अनुसार पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।