रुपन्देहीमा आईतबार थप ५६ संक्रमित थपिए, तत्काल निषेधाज्ञा लगाउन आवश्यक छैन् ‘सिसिएमसी’

भानु मरासिनी, भैरहवा- रुपन्देहीमा आईतबार ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबै भन्दा बढी बुटवल उपमहानगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिलोत्तमा नगरपालिकामा ११ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, सियारी गाँउपालिकामा ४ जना, मायादेबी गाँउपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा एक/एक जना छन् ।बुटवल उपमहानगरपालिकाको वार्ड नम्बर ११ कालिका नगरमा ६ जना थप संक्रमित भेटिएका छन् । १३ नम्बरमा १० जना, ८ मा २ जना र १, २, ३ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा निषेधाज्ञा जारी गर्ने प्रस्ताव सहित बसेको जिल्ला सिसिएमसीको बैठकले तत्काल निषेधाज्ञा लगाउन आवश्यक नरहेको ठहर गर्दै हरेक पालिकामा क्वीक रेस्क्यु टिम गठन गरि परिचालन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितहरुलाई तुरुन्त उपचार र सेवा प्रदान गर्न हरेक पालिकामा क्वीक रेस्क्यु टिम बनाउने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । जिल्लामा हाल सम्म ५०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation