काेराेनाले लियाे कांग्रेस उपसभापतिकाे ज्यान

कोरोना भाइरस संक्रमण पुष्टि हुनुभएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना हुनु भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहनुभएका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गर्नुभयो ।गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराउनुभएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहनुभएका उहाँ कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation