कपिलवस्तु २ भदौँ । मगंलवार कपिलवस्तुमा २० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार संक्रमित मध्ये १९ जना कपिलवस्तु नगरपालिका हुन भने एक जना वाणगंगा नगरपालिकाका रहेका छन् । कपिलवस्तु नगरपालिकामा साउन ३० गते बुद्यपद्म उच्च माविमा संकलन गरिएका २२९ जनाकाे स्वाव मध्ये ८८ जनाकाे मात्र रिर्पाेट अाउदा १९ जनामा संक्रमण पुष्टी भएकाे काेराेना फाेकल पर्सन कुमार थापाले जानकारी दिनु भयाे ।
यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ भने कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ ।