मंगलबार एकै दिन थपिए कोरोनाका हजार बढी संक्रमित

मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ।विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।
यीसहित हालसम्म मृतक १ सय ७ जनामा काेराेना पुष्टि भएकाे छ। देशभर हाल १० हजार ५ सय ६३ सक्रिय संक्रमित छन्। हालसम्म ५ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation