ताैलिहवा- कपिलवस्तु नगरपालिकाले काेराेना नियन्त्रण तथा राहात वितरण करिव ९२ लाख रुपैया खर्च भएकाे खर्च विवरण सार्वजनिक गरेकाे छ । नगरपालिकाले गत आर्थिक बर्षमा बिभिन्न नौ वटा शीर्षकमा काेराेनामा ९१ लाख ८३ हजार ९२९ रुपैया खर्च भएको बिवरण कार्यपालिका बैठकमा सार्बजनिक गरेकाे हाे ।
नगरपालिकाले क्वारेन्टाईन ब्यवस्थापन र खाद्यान्नमा ११ लाख ३ हजार ५६८, वडा मार्फत ४ हजार ९०९ घरधुरीलाई खाद्यान्न राहत बितरणमा ४८ लाख ७१ हजार ३९२, मास्क सेनीाटईजर भिटिएम किट, पिपिई र औाषधीमा खरिदमा १५ लाख ३६ हजार २७८ अनुमगन तथा जोखिम भत्ता ४ लाख १८ हजार ५०६ खर्च गरेकाे छ।
यस्तै आईसोलेशन ब्यवस्थापन तथा खाद्यान्न खर्चमा ४ लाख ७२ हजार ६सय ८, वडास्तरबाट भएको क्वारेन्टाईन ब्यवस्थापन तथा मास्क सेनिटाईजर तथा खाद्यान्न बितरणमा ६ लााख ५९ हजार ६ सय, कोभिड संम्बन्धी प्रचार प्रसार ३२ हजार ४ सय र कारागारमा रहेका कैदी बन्दीलाई मास्क र सेनीटाईजरमा २० हजार र एम्बुलेन्स संचालन भाडा ६९ हजार ५७५ रहेको कार्यपालिका बैठकमा सार्बजिनक गरेकाे हाे ।
नगरपालिकाले आफ्नाे वइवसाइटमा विगतमै खर्च सार्वजनिक गरेता पनि कार्यपालिका बैठक सम्पुर्ण कार्यपालिका सदस्यहरुलाइ जानकारी गराउन सम्पुर्ण खर्च विवरण सार्बजनिक गरिएकाे निमित्त प्रमुख प्रशासकिय अधिकृत हरी ज्ञवालिले जानकारी दिनु भएकाे छ ।
यसै बिच उक्त बैठकमा सिद्धार्थ सामाजिक विकास केन्द्रले नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संस्थाको तर्फबाट तेज प्रसाद आचार्यले मेयर किरण सिंहलाई सो सामाग्री हस्तान्तरण गर्नु भएकाे थियाे ।
